काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ बजे बस्दैछ । बैठकको समय र सम्भावित कार्यसूचीबारे सङ्घीय संसद सचिवालयले विस्तृत जानकारी गराएको छ ।
आजको बैठकमा विशेष गरी अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ ।
यसबाहेक, प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपाल न्याय विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनमा पेस गर्ने कार्यसूची तय भएको छ ।

