Khaptad Organic Nepal

काठमाडौँ । सरकारले नागरिक लगानी कोषको कार्यक्षेत्र र पुँजी संरचना विस्तार गर्दै यसको कुल पुँजी १० अर्ब रुपैयाँ पुर्‍याउने कानुनी प्रक्रिया अघि बढाएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि भएको सैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषलाई समयानुकूल बनाउन यस्तो प्रस्ताव ल्याइएको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेका अनुसार बदलिँदो आर्थिक परिवेश र नयाँ लगानीका सम्भावनालाई सम्बोधन गर्न कोषलाई आधुनिक वित्तीय उपकरणहरूमा आबद्ध गराउन आवश्यक देखिएको छ । प्रस्तावित विधेयकमा कोषले अब निजी इक्विटी (प्राइभेट इक्विटी) र भेन्चर क्यापिटल जस्ता नवीनतम क्षेत्रहरूमा समेत लगानी गर्न पाउने गरी कानुनी दायरा फराकिलो बनाउने व्यवस्था समेटिएको छ ।

लगानी विविधीकरण अन्तर्गत कोषको पुँजीलाई पूर्वाधार विकास, उत्पादनमूलक उद्योग र आवास क्षेत्रमा परिचालन गर्ने लक्ष्य राखिएको छ । अर्थमन्त्री वाग्लेले मध्यम वर्गको विस्तारलाई मुख्य प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा र आवास जस्ता क्षेत्रहरूमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए ।

संस्थागत सुधारतर्फ विधेयकले कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको काम, कर्तव्य र अधिकारलाई थप स्पष्ट पार्ने प्रस्ताव गरेको छ । यसका साथै संस्थागत सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनसम्बन्धी विद्यमान कानुनी प्रावधानहरूलाई अझ व्यवस्थित र अद्यावधिक बनाइने उनले स्पष्ट पारे ।

विधेयकका मुख्य विशेषताहरूबारे प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले दफा २ अन्तर्गत कोषको परिभाषा र कार्यक्षेत्र विस्तार गरिएको जानकारी दिए । जसअनुसार डिबेन्चर, ऋणपत्र तथा धितोपत्र लगायतका शब्दावलीको परिभाषा परिमार्जन गरिएको छ भने मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र र अन्य वित्तीय उपकरणहरूलाई समेत लगानीको परिभाषाभित्र समेट्ने प्रस्ताव गरिएको छ ।

संशोधन विधेयकमार्फत कोषको पुँजी संरचनामा उल्लेख्य हेरफेर प्रस्ताव गरिएको छ । जसअन्तर्गत हाल ८ अर्ब रुपैयाँ रहेको कोषको अधिकृत पुँजी बढाएर १० अर्ब रुपैयाँ पुर्‍याइनेछ । त्यस्तै, सेयर कित्तालाई ८ करोडबाट १० करोड पुर्‍याउने र हाल ३ अर्ब रुपैयाँ रहेको चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ८० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव विधेयकमा समावेश गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।