Khaptad Organic Nepal

काठमाडौँ । हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ ।

यस प्रणालीको प्रभावले गर्दा देशभर सामान्यतया बदली भएको छ । अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै कोशी प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरैजसो ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ । तराईका केही भागमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली क्षेत्रका एक-दुई ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

पहाडी भेगतर्फ कोशी र गण्डकीका केही स्थान, बागमतीका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । तराईका क्षेत्रहरूमा समेत ठाउँ-ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।