Khaptad Organic Nepal

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायम रहँदा आगामी केही दिन धेरैजसो स्थानमा मौसम बदली भई वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरिएकाले वर्षाको प्रभाव बढेको हो ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने लुम्बिनी, कर्णाली, मधेश र सुदूरपश्चिमका थोरै स्थानमा पनि पानी परिरहेको छ ।

आज दिउँसो पहाडी र हिमाली क्षेत्रका धेरैजसो भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ । तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही सीमित स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

रातिको समयमा पनि देशभरको मौसम बदली नै रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ भने तराईका थोरै स्थानमा वर्षा हुनेछ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।