Khaptad Organic Nepal

काठमाडौँ । बंगलादेशको राजधानीमा सञ्चालन भइरहेको ‘बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर २०२६’ मा नेपाली पर्यटन व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको १५ वटा नेपाली पर्यटन कम्पनीको टोलीले बंगलादेशी पर्यटकहरूलाई आकर्षित गर्न नेपालका प्रमुख गन्तव्य तथा पर्यटकीय गतिविधिहरूको प्रवर्द्धन गरिरहेको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका हिमशृङ्खला, प्राकृतिक दृश्य, समृद्ध सांस्कृतिक सम्पदाका साथै पदयात्रा, पर्वतारोहण र साहसिक पर्यटनलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । ‘एआईमा आधारित पर्यटन, दिगो गन्तव्य’ भन्ने नाराका साथ आयोजना गरिएको यस मेलामा नेपाली व्यवसायीहरूले बंगलादेशी समकक्षीहरूसँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने र नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने उद्देश्य राखेका छन् ।

यसैबीच मेला सुरु हुनुअघि अक्टोबर २८ मा नेपाल पर्यटन बोर्ड र ढाकास्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा ‘नेपालले बोलाइरहेको छ : भ्रमण गर्नुहोस्, अन्वेषण गर्नुहोस् र अनुभव लिनुहोस्’ शीर्षकमा विशेष प्रवर्द्धनात्मक कार्यक्रमसमेत सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपालको पर्यटन क्षेत्रसम्बन्धी विविध प्रस्तुति, सांस्कृतिक झाँकी र व्यवसायीहरूबीच नेटवर्किङ छलफल भएको थियो ।

भौगोलिक सामिप्य र सांस्कृतिक समानतालाई ध्यानमा राख्दै पर्यटन बोर्डले बंगलादेशलाई नेपालको प्रमुख पर्यटक स्रोत बजारका रूपमा स्थापित गर्ने रणनीति लिएको छ । हिमाल र ट्रेकिङ बाहेक नेपाललाई आध्यात्मिक, सांस्कृतिक, वन्यजन्तु, तथा स्वास्थ्य र आरोग्य (वेलनेस) पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनाउन बोर्डले आफ्ना गतिविधिहरू तीव्र पारेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।