Khaptad Organic Nepal

काठमाडौँ । विद्युतीय वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य अगाडि बढाइएसँगै राजधानीका एक दर्जनभन्दा बढी स्थानमा आज (बिहीबार) देखि आगामी १२ दिनसम्म दैनिक साढे ५ घण्टा बत्ती जाने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै कुलेश्वर तथा बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा मंसिर १२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार भूमिगत लाइन निर्माणको कामलाई सहज बनाउन आजदेखि १२ दिनसम्म हरेक दिन बिहान १०:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म लाइन काटिनेछ । जसअनुसार आज पहिलो दिन बलम्बु-थानकोट सबस्टेसनअन्तर्गत पर्ने बल्खुखोला पुल र नैकाप आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले स्पष्ट पारेको छ ।

क्र.सं. मिति फिडर (सब-स्टेशन) विद्युत आपूर्ति बन्द हुने क्षेत्र
१ २०८३/०८/०३ बलम्बु/थानकोट बल्खु खोला पुल, नैकाप
२ २०८३/०८/०४ धोबीखोला/बत्तीसपुतली लुम्बिनीदेखि शिफल ग्राउण्डसम्म
३ २०८३/०८/०५ कालिमाटी र बाफल स्युचाटार पुल
४ २०८३/०८/०६ बलम्बु/थानकोट बल्खु खोला पुल, नैकाप
५ २०८३/०८/०७ कोटेश्वर/इमाडोल ईडीटीआर ९ र ईडीटीआर ९ए
६ २०८३/०८/०८ बलम्बु/थानकोट बल्खु खोला पुल, नैकाप
७ २०८३/०८/०९ कोटेश्वर ईडीटीआर २६ए र ईडीटीआर ४
८ २०८३/०८/१० धोबीखोला/बत्तीसपुतली शिफल ग्राउण्डदेखि कालोपुलसम्म
९ २०८३/०८/११ बलम्बु/थानकोट सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म
१० २०८३/०८/१२ कोटेश्वर ईडीटीआर ८ए र ईडीटीआर ८
११ २०८३/०८/१३ थानकोट बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेशनसम्म
१२ २०८३/०८/१४ धोबीखोला/बत्तीसपुतली शिफल ग्राउण्डदेखि कालोपुलसम्म

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।