बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा सोमबार बिहान भएको अटो दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
टुमेडाबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो ब्रेक फेल भई सडकबाट करिब नौ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा स्थानीय ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महरा रहेका छन् ।
प्रारम्भिक विवरण अनुसार अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेकाले अन्यको खोजी तथा उद्धार कार्य जारी छ ।

