काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आगामी पुस ६ देखि १५ गते (सन् २०२६ डिसेम्बर २१ देखि ३०) सम्म एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण सञ्चालन हुने भएको छ ।
नेपाल भलिबल संघ (एनभीए) ले प्रतियोगिताको उक्त मितिलाई आधिकारिक रूपमा स्वीकृति प्रदान गरिसकेको आयोजकले जानकारी दिएको छ । यसैगरी, प्रतियोगिताका खेलहरू सञ्चालन गर्न दशरथ रंगशालास्थित कभर्डहल प्रयोगका लागि नेपाल खेलकुद परिषद्बाट समेत अनुमति प्राप्त भइसकेको छ ।
प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरू, खेल तालिका तथा टिकट बिक्रीसम्बन्धी विस्तृत जानकारी आगामी दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

