काठमाडौँ । नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध एवं पारस्परिक सहकार्यका विविध पक्षमाथि केन्द्रित रहेर राष्ट्रपति रामचन्द्र पौडेल र जापानका विदेश मामिला उपमन्त्री फुजी काजुहिरोबीच संवाद भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज सम्पन्न उक्त शिष्टाचार भेटवार्तामा दुई मुलुकबीचको मित्रतालाई आगामी दिनमा अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श गरिएको हो ।
भेटका अवसरमा आपसी हित तथा भविष्यमा साझेदारी गर्न सकिने सम्भावित क्षेत्रहरूका बारेमा समेत छलफल भएको बताइएको छ ।

