काठमाडौँ । विद्युतीय वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य अगाडि बढाइएसँगै राजधानीका एक दर्जनभन्दा बढी स्थानमा आज (बिहीबार) देखि आगामी १२ दिनसम्म दैनिक साढे ५ घण्टा बत्ती जाने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै कुलेश्वर तथा बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा मंसिर १२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार भूमिगत लाइन निर्माणको कामलाई सहज बनाउन आजदेखि १२ दिनसम्म हरेक दिन बिहान १०:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म लाइन काटिनेछ । जसअनुसार आज पहिलो दिन बलम्बु-थानकोट सबस्टेसनअन्तर्गत पर्ने बल्खुखोला पुल र नैकाप आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले स्पष्ट पारेको छ ।
| क्र.सं. | मिति | फिडर (सब-स्टेशन) | विद्युत आपूर्ति बन्द हुने क्षेत्र |
|---|---|---|---|
| १ | २०८३/०८/०३ | बलम्बु/थानकोट | बल्खु खोला पुल, नैकाप |
| २ | २०८३/०८/०४ | धोबीखोला/बत्तीसपुतली | लुम्बिनीदेखि शिफल ग्राउण्डसम्म |
| ३ | २०८३/०८/०५ | कालिमाटी र बाफल | स्युचाटार पुल |
| ४ | २०८३/०८/०६ | बलम्बु/थानकोट | बल्खु खोला पुल, नैकाप |
| ५ | २०८३/०८/०७ | कोटेश्वर/इमाडोल | ईडीटीआर ९ र ईडीटीआर ९ए |
| ६ | २०८३/०८/०८ | बलम्बु/थानकोट | बल्खु खोला पुल, नैकाप |
| ७ | २०८३/०८/०९ | कोटेश्वर | ईडीटीआर २६ए र ईडीटीआर ४ |
| ८ | २०८३/०८/१० | धोबीखोला/बत्तीसपुतली | शिफल ग्राउण्डदेखि कालोपुलसम्म |
| ९ | २०८३/०८/११ | बलम्बु/थानकोट | सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म |
| १० | २०८३/०८/१२ | कोटेश्वर | ईडीटीआर ८ए र ईडीटीआर ८ |
| ११ | २०८३/०८/१३ | थानकोट | बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेशनसम्म |
| १२ | २०८३/०८/१४ | धोबीखोला/बत्तीसपुतली | शिफल ग्राउण्डदेखि कालोपुलसम्म |

![काठमाडौँका विभिन्न स्थानमा आजदेखि मंसिर १२ गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् कटौती हुने [सूची सहित]](https://khaptadmedia.com/wp-content/uploads/2026/11/kathmandu-power-cut-underground-cabling-nea-1024x576.jpg)