Khaptad Organic Nepal

बर्दिया । चण्डीगढबाट आएका एक भारतीय नागरिकसहित दुई जनाको बर्दियामा भएको बस दुर्घटनामा परी निधन भएको छ । यस दुर्घटनामा अन्य १५ जना यात्रु घाइते भएका छन् ।

गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा शनिबार दिउँसो उक्त दुर्घटना भएको हो । नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको सीएचओ१सीएम ९४३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । ठक्करलगत्तै मिनिबस सडकमा पल्टिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलमा पछाडि सवार अन्दाजी ५५ देखि ६० वर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि बर्दिया जिल्ला अस्पताल, गुलरिया पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बसमा सवार अन्य १५ जना घाइतेहरूको अवस्था र उनीहरूको विवरण भने खुल्न बाँकी रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।