हेटौँडा । त्रिभुवन राजपथबाट राप्ती खोलामा सुमो खस्दा आज बिहान दुई जनाको ज्यान गएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसे क्षेत्रमा भएको उक्त दुर्घटनामा परी अन्य सात जना घाइते भएका छन् ।
हेटौँडाबाट काठमाडौँतर्फ गइरहेको ना.१ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान करिब साढे ८ बजेतिर अनियन्त्रित भई खोलामा खसेको थियो । सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा घाइते भएका सातै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ । दुर्घटना के कारणले भयो र ज्यान गुमाउने तथा घाइते हुनेहरूको विवरण के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

