Khaptad Organic Nepal

काठमाडौँ । देशमा दश वर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै भएको विस्तृत शान्ति सम्झौताले दुई दशक पूरा गरिसक्दा पनि सङ्क्रमणकालीन न्यायको प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन ।

विसं २०६३ मङ्सिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको उक्त सम्झौताका अन्य बुँदाहरू कार्यान्वयनमा आए पनि द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउने कार्य अधुरै रहेको हो । शान्ति सम्झौताको २० वर्ष पुग्दा समेत न्याय प्रक्रिया नटुङ्गिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ । सम्झौताको दफा ५.२.५ बमोजिम सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको व्यवस्था भए पनि विगतमा तीन पटकसम्म आयोग बन्दा समेत काम पूरा हुन नसकेको आयोगको ठहर छ ।

हाल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग दुवै पदाधिकारीविहीन अवस्थामा छन् । नयाँ सरकारले समेत आयोग गठनको विषयलाई प्राथमिकतामा नराख्दा वर्षौँदेखि न्यायको आसमा बसेका द्वन्द्वपीडितहरू निराश हुन थालेको आयोगले उल्लेख गरेको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा आवश्यक संशोधन भइसक्दा पनि पीडितको न्याय पाउने हक सुनिश्चित नहुनु गम्भीर विषय भएको आयोगको भनाइ छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा अब बन्ने आयोगलाई पर्याप्त जनशक्ति, आर्थिक तथा भौतिक स्रोतसाधन उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा पीडित केन्द्रित दृष्टिकोण अपनाउँदै सत्य जान्न पाउने अधिकार, न्यायसहितको परिपूरण, गम्भीर मानव अधिकार उल्लङ्घनमा जवाफदेहिता र दण्डहीनताको अन्त्य सुनिश्चित गर्न आग्रह गरिएको छ ।

यसैगरी, पीडित तथा साक्षीको सुरक्षा र अर्थपूर्ण सहभागितामा स्वतन्त्र एवं विश्वसनीय आयोग गठन गरी सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकार र सरोकारवाला पक्षको ध्यानाकर्षण गराइएको छ । द्वन्द्वपीडितलाई विना भेदभाव न्याय पाउने अधिकार सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना पुनः नदोहोरिने वातावरण निर्माण गर्न समेत आयोगले सरकारलाई अनुरोध गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।