काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीका दाबेदार बालेन्द्र साह आज (बुधबार) सर्लाहीको राजनीतिक भ्रमणमा निस्कँदै छन् । पार्टीको राष्ट्रिय अभियानलाई बलियो बनाउन र मधेसको वस्तुस्थिति बुझ्न उनले यो भ्रमण तय गरेका हुन् ।
रास्वपाका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका साहले आज सर्लाहीका विभिन्न स्थानमा स्थानीय नागरिकहरूसँग भेटघाट र विकास निर्माणका कामहरूको अवलोकन गर्ने कार्यक्रम छ ।
यस्तो छ बालेनको सर्लाही–रौतहट भ्रमण कार्यतालिका:
रास्वपाका जिल्ला नेताहरूका अनुसार नेता साह लालबन्दी, हरिवन र बरहथवा हुँदै रौतहट प्रवेश गर्नेछन् । उनको भ्रमणले विशेषगरी हुलाकी सडकखण्ड र मधेसका भित्री बजारहरूलाई समेट्नेछ:
-
मुख्य रुट: गडहिया चोक, छतौना, खैर्वा बजार, बहुअर्वा, बैरिया र सिसौट बजार।
-
अन्तिम बिन्दु: मानपुर, पिपराभिता र हजरिया हुँदै बरहथवा बजार पुगेर उनी रौतहटतर्फ लाग्नेछन्।
भ्रमणका क्रममा नेता साहले स्थानीय समस्या, मधेसको समृद्धि र समसामयिक राजनीतिक मुद्दाहरूमा स्थानीयवासीसँग छलफल गर्नेछन् ।
रास्वपामा आबद्ध भएपछि उनको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ, जसले मधेस प्रदेशमा पार्टीको संगठन विस्तार र चुनावी रणनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ ।



