काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाका समानुपातिक सांसदहरूको नाम तय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्ने गरी तयारी गरिएको छ ।
पार्टीका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ । निर्वाचन आयोगले तोकेको समयसीमाभित्र समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा सांसदहरूको अन्तिम नामावली छनोट गरी पठाउने मुख्य एजेण्डा रहेको छ ।
बैठकले समावेशी क्लस्टरका आधारमा नामहरू छनोट गर्ने र चुनावी समीक्षाका साथै आगामी सत्ता समीकरणका विषयमा पनि प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।



