काठमाडौँ । नेपालको सरकार प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत मोदीले नेपाली नागरिकले शाहको नेतृत्वप्रति दर्शाएको विश्वासको उच्च कदर गर्नुभयो । दुई छिमेकी मुलुकबीचको ऐतिहासिक मित्रता र आपसी सहयोगलाई आगामी दिनमा थप प्रगाढ बनाउन आफू तत्पर रहेको उहाँको सन्देशमा उल्लेख छ ।
दुवै देशका जनताको साझा हित र समृद्धिका लागि मिलेर काम गर्ने इच्छा समेत भारतीय प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।



