काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डिपी अर्याललाई प्रतिनिधि सभाको सभामुख पदको उम्मेदवार बनाउने आधिकारिक निर्णय गरेको छ ।
बिहीबार सम्पन्न संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताएका छन् ।
सभामुख चयनका लागि आगामी चैत २२ गते निर्वाचनको मिति तोकिएको छ । प्रतिनिधि सभामा रास्वपाको १८२ सिटसहितको बलियो बहुमत रहेका कारण अर्याल सभामुख पदमा निर्वाचित हुने निश्चित देखिएको छ ।
प्रचलित कानुनी प्रावधान अनुसार सभामुख पदमा चयन भएपछि अर्यालले आफ्नो दलको साधारण सदस्यता र जिम्मेवारीबाट समेत राजीनामा दिनुपर्ने हुन्छ ।



