काठमाडौँ । गृह प्रशासनको जिम्मेवारी सम्हालिरहेका मन्त्री सुधन गुरुङ कार्यकक्षमै आराम गरिरहेको अवस्थामा भेटिएका छन् ।
लगातारको काम र व्यस्तताका कारण घर जान नपाएपछि उनी मन्त्रालयकै सोफामा सुतेका हुन् ।
उनको निजी सचिवालयले दिएको जानकारी अनुसार, मन्त्री गुरुङ विगत २४ घण्टादेखि विभिन्न बैठक र प्रशासनिक कार्यमा व्यस्त थिए ।
आराम गरिरहेको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै उनले जनता र निर्माणको महत्वबारे टिप्पणी समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘निर्माता भन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’
पछिल्लो समय गृह प्रशासनमा सुधार ल्याउन उनी राति अबेरसम्म मन्त्रालयमै बसेर काम गरिरहेका छन् ।



