काठमाडौँ । नेपाली सुनचाँदी बजारमा विहिबार बहुमूल्य धातुको दरभाउमा केही वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँले उकालो लागेको हो । बुधबार प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य आज ३ लाख २ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।
सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । महासङ्घको तथ्याङ्क अनुसार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ । यसअघि बुधबार चाँदी प्रतितोला ५ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।



