काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय संरचनालाई पूर्णता दिँदै नयाँ पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट गरेको छ ।
पार्टीको हालै सम्पन्न संसदीय दलको बैठकले काठमाडौँ क्षेत्र नम्बर ७ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधित्व गरिरहेका सांसद गणेश पराजुलीलाई दलको उपनेतामा मनोनीत गर्ने निर्णय गरेको हो ।
यसैगरी, बैठकले संसदीय दलको अन्य महत्वपूर्ण पदहरूमा पनि नयाँ अनुहारलाई जिम्मेवारी सुम्पिएको छ । जसअनुसार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिइएको छ भने सचेतकको भूमिकामा सांसदद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिएको छ ।



