काठमाडौँ । अभिनेत्री आँचल शर्माको मुख्य अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘एक मुठ्ठी बादल’ को आधिकारिक ट्रेलर दर्शकमाझ ल्याइएको छ ।
निर्माण टोलीले आइतबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको झलक सार्वजनिक गरेको हो । यो चलचित्रमा आँचलका साथै निशा शर्मा, उषा रजक, भीमा मैनाली र अस्मिता गौतम लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिनेछ ।
यस चलचित्रमा शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीले पनि विभिन्न भूमिकामा अभिनय गरेका छन् ।
अभिमन्यु दीक्षितको निर्माण र निकुन श्रेष्ठको कार्यकारी निर्माणमा बनेको यो चलचित्र आगामी जेठ १ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने तय भएको छ ।



