काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल गर्न आफ्नो संसदीय दलको बैठक बोलाएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान साढे ११ बजे बैठक बस्ने तय भएको हो ।
बैठकमा संसद्को चालु अधिवेशनमा पार्टीको भूमिका, आगामी रणनीति तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सांसदहरूबीच गहन छलफल हुने र आवश्यक निर्णय लिइने जनाइएको छ ।

