काठमाडौँ । संघीय सरकारले आफ्नो कार्यकालको सुरुवाती वर्षलाई सुशासन प्रवर्द्धनको अवधिका रूपमा अघि बढाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सांसद्हरूले राखेका जिज्ञासाको उत्तर दिँदै सरकारले पहिलो वर्षलाई विधिको शासन स्थापना गर्ने वर्षका रूपमा लिएर गतिविधि सञ्चालन गरिरहेको जानकारी गराउनुभएको हो ।
सुशासनलाई प्राथमिकता दिनुको अर्थ विकास निर्माणका आयोजनालाई रोक्नु नभएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री शाहका अनुसार सरकारको मुख्य ध्यान अहिले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्नतर्फ मोडिएको छ ।
बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘पहिलो वर्ष देशलाई पूर्ण रूपमा सुशासनतर्फ लैजाने, बेथितिलाई हटाउने र समाजमा बलियो जरा गाडेर बसेको भ्रष्टाचारलाई निर्मूल पार्ने काममा सरकार केन्द्रित छ ।’

