काठमाडौँ । मुलुकको समसामयिक विषय र प्रशासनिक निर्णयहरूका बारेमा छलफल गर्न बिहीबार मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो २ बजेका लागि उक्त बैठक बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो बैठक बस्ने तय भएको छ । बैठकमा सरकारका नियमित कार्यसूचीका साथै केही महत्त्वपूर्ण प्रशासनिक निर्णयहरू हुन सक्ने जनाइएको छ ।

