Khaptad Organic Nepal

काठमाडौँ । मुलुकभर अहिले मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भेगमा सरदर स्थानभन्दा केही दक्षिण र पश्चिमी भेगमा सरदर स्थानको आसपासमै रहेको छ ।

यसका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली भएको छ भने मधेश र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । देशका पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँ, मधेश प्रदेश र कोशी, बागमती तथा गण्डकीका तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मधेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ ।

यसैगरी आज राति देशभर पूर्ण रूपमा जस्तै बादल लाग्नेछ । हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुन सक्छ । मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान र कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ । रातिको समयमा कोशीको पहाडी र तराई क्षेत्रका थोरै स्थान तथा मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।