Khaptad Organic Nepal

काठमाडौँ । मुलुकभर मनसुनी प्रणाली बलियो बन्दै गएकाले बिहीबार देशका धेरैजसो भूभागमा पानी पर्ने संकेत देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक सरेकाले देशभर यसको प्रत्यक्ष असर परेको हो ।

अहिले पनि देशभरिकै मौसम साधारणदेखि पूर्ण रूपमा बदलिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । तराई क्षेत्रका पनि विभिन्न स्थानमा चट्याङसहित वर्षाको आकलन गरिएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनीको तराईका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन भनिएको छ ।

यस्तै, रातिको समयमा पनि मौसम पूर्ण रूपमा खुल्ने छैन । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँ तथा बाँकी प्रदेशका केही क्षेत्रमा पानी पर्ने सम्भावना कायमै रहनेछ । राति गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले नदीतटीय क्षेत्र, पहिरोको जोखिम भएका पहाडी भूभाग र डुबान हुन सक्ने होचा स्थानमा विशेष सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।