Khaptad Organic Nepal

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आगामी केही दिन धेरैजसो भू-भागमा बदली र वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक अवस्थित छ ।

यसको प्रभावले अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा सुरु भएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा वर्षाका साथै हिमपातको सम्भावना छ । पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान छ । बागमती, गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज रातिको समयमा पनि देशका हिमाली, पहाडी तथा तराईका भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको क्रम जारी रहनेछ । मनसुन सक्रिय रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने, पहिरो जान सक्ने र यातायात प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।