Khaptad Organic Nepal

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो बहुप्रतीक्षित फाइनल भिडन्त साँझ ५:०० बजे सुरु हुनेछ ।

लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको सुदूरपश्चिम रोयल्स अघिल्ला दुई सिजनको उपविजेताको ट्याग मेटाउँदै पहिलो उपाधि उचाल्ने दाउमा छ । सन् २०२४ डिसेम्बर २१ मा सम्पन्न पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई ५ विकेटले स्तब्ध पारेको थियो। सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर भेटाएको थियो ।

त्यसैगरी, सन् २०२५ डिसेम्बर १३ मा भएको दोस्रो संस्करणको फाइनलमा पनि सुदूरपश्चिमको उपाधि सपना अधुरै रह्यो । उक्त खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो पटक एनपीएलको ट्रफी चुमेको थियो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा मात्र ८५ रनमा अलआउट भएपछि लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर सहज जित निकालेको थियो ।

जारी तेस्रो संस्करणमा पनि लुम्बिनी लायन्सले आफ्नो अपराजित र उत्कृष्ट लयलाई कायम राखेको छ । लिग चरणमा ११ अंकसहित शीर्ष स्थान ओगटेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै सिधै फाइनलको टिकट काटेको हो । लुम्बिनीले लिग चरणको भेटमा समेत सुदूरपश्चिममाथि जित दर्ता गरेको थियो ।

अर्कोतर्फ, पहिलो क्वालिफायरमा भोगेको हारपछि सुदूरपश्चिमले फाइनल पुग्न दोस्रो क्वालिफायरको बाटो रोज्नुपरेको थियो । बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा चितवन राइनोजलाई ३ विकेटले पन्छाउँदै सुदूरपश्चिमले लगातार तेस्रो फाइनल यात्रा तय गरेको हो ।

आज शनिबार कीर्तिपुर मैदानमा हुने फाइनलले एनपीएलमा नयाँ कीर्तिमान कोर्ने पक्का छ । लुम्बिनीले उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने इतिहास रच्छ वा सुदूरपश्चिमले लगातार दुई फाइनलको हारको पीडा बिर्साउँदै पहिलो पटक उपाधि जित्छ, त्यो आज साँझको नतिजाले तय गर्नेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।