काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भागका साथै हिमाली क्षेत्र, मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, आज राति कोशीको तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिमको हिमाली भू-भाग तथा गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।
तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

