- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवार र सरकार पक्षबीच सहमति जुटाउन लगातार छलफल चलिरहेको छ । महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि सिर्जना भएको तनावका कारण सो घटना भएको भन्दै पीडित पक्षले राज्यले जिम्मेवारी लिनुपर्ने अडान राखेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा हिजो राति अबेरसम्म दुवै पक्षबीच संवाद भए पनि निष्कर्ष निस्कन सकेन । दोषीमाथि कानुनी कारबाही, निष्पक्ष अनुसन्धान र सरकारका तर्फबाट स्पष्ट प्रतिबद्धता नआएसम्म शव नबुझ्ने अडान परिवारले कायम राखेको छ । परिवारले शव बुझ्न अस्वीकार गरेपछि हालसम्म पोस्टमार्टम प्रक्रिया सुरु हुन सकेको छैन । वीर अस्पतालमा शव सुरक्षित राख्ने उपकरण अभाव भएपछि…
काठमाडौँ । मुलुकभर यस वर्ष धान रोपाइँको रफ्तार विगतको तुलनामा कमजोर देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार असार २६ गतेसम्म देशभर कुल धान खेतीयोग्य जमिनको ४५.८१ प्रतिशत भूभागमा मात्रै रोपाइँ सकिएको छ । गत वर्षको यसै अवधिमा ५९.२८ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको थियो । मन्त्रालयका अनुसार नेपालभर रहेको कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य जमीनमध्ये हालसम्म ६ लाख २७ हजार ५६६ हेक्टरमा मात्र रोपाइँ भएको छ । यस वर्ष मनसुन ढिलो गरी सक्रिय हुनु र समयमै रासायनिक मल उपलब्ध हुन नसक्दा रोपाइँको गति सुस्त हुन पुगेको हो । प्रादेशिक अवस्थालाई हेर्दा यसपटक गण्डकी…
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा नर्वेलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इङल्याण्ड अन्तिम चारमा प्रवेश गरेको छ । जुड बेलिङ्घमले दुई गोल गरेपछि इङल्याण्डले सेमिफाइनलको यात्रा तय गरेको हो । अब इङल्याण्डले फाइनल प्रवेशका लागि अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एक टोलीको सामना गर्नेछ । प्रतिस्पर्धात्मक खेलको ३६औँ मिनेटमा आन्द्रेयास शेल्डेरुपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा एन्थोनी गोर्डनको पासमा बेलिङ्घमले गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । दोस्रो हाफमा नर्वेका केही प्रहार असफल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा मोर्गन रोजर्सको प्रहार नर्वेका गोलरक्षकले रोक्न नसक्दा…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशैभर मनसुनी वायु सक्रिय रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक सरेकाले वर्षाको सम्भावना बढेको हो । अहिले पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पहाडी र तराईका धेरै क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा भारी वर्षाको समेत सम्भावना छ । रातिको समयमा वर्षा अझ बढ्ने र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र पहिरोको…
आजको राशिफल बिस २०८३ असार २८ गते आइतबार ईस २०२६ जुलाई १२ नेपाल सम्बत ११४६ तछलागा द्वादशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण द्वादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वृद्धि योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १६ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन नयाँ अवसरलाई आत्मविश्वासका साथ उपयोग गर्ने समय रहनेछ। विगतदेखि रोकिएका केही काममा सकारात्मक प्रगति देखिनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, निर्णय क्षमता र नेतृत्व शैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्ने भएकाले समय व्यवस्थापनमा…
धनगढी । बझाङमा शनिबार एउटा जीप दुर्घटनामा पर्दा तीन जना यात्रुको ज्यान गएको छ । केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ गइरहेको जीप दुर्घटना हुँदा अन्य सात जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्धार कार्यमा मौसमले अवरोध पुर्याएको छ । जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीका अनुसार घाइतेहरूलाई थप उपचारका लागि लैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाइए पनि खराब मौसमका कारण दुर्घटनास्थलमा अवतरण हुन सकेन । अहिले स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धार कार्यमा निरन्तर खटिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स पठाइएको जानकारी दिनुभयो । उक्त जीपमा…
काठमाडौँ । निर्वाचन आयोगको नेतृत्व फेरि अर्का आयुक्तको काँधमा आइपुगेको छ । उमेर हदका कारण यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बाहिरिएपछि आयुक्त डा जानकीकुमारी तुलाधरले नयाँ कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो । भण्डारी ६५ वर्ष पुगेकाले यही असार २३ गते अवकाश पाउनुभएको थियो । उहाँपछि वरीयताक्रममा अगाडि रहनुभएकी तुलाधरलाई यो जिम्मेवारी सुम्पिएको हो । कुल पाँच सदस्यीय कोटा रहने निर्वाचन आयोग अहिले केवल दुई आयुक्तको भरमा चलिरहेको छ । हाल आयोगमा डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्र हुनुहुन्छ । यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०८२ वैशाख ५ गते र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले २०७९ फागुन ४…
काठमाडौँ । देशका विभिन्न ठाउँमा लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोले कर्णालीसहित पाँचवटा प्रमुख राजमार्गको यातायात सेवा पूर्ण रूपमा ठप्प पारेको छ । कालिकोटको गगन खोलामा गए राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको हो । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार यतिबेला गगन खोलाको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास निरन्तर भइरहेको छ । कार्यालयले वर्षात्को समयमा यात्रा गर्दा उच्च सावधानी अपनाउन र विशेषगरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणका नाममा सार्वजनिक सूचना जारी गरेको छ । यसैगरी, मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुपालीमा पहिरो जाँदा सडक खण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले…
काठमाडौँ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान सरकारी गाडी र एम्बुलेन्स एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । दुर्घटनामा धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्या भुजेलसहित दुवै सवारीमा सवार व्यक्तिहरू घाइते भएका हुन् । ढल्केवरबाट बर्दिबासतर्फ गइरहेको उपप्रमुख भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको स्करपियो र बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स एकापसमा ठोक्किएका थिए । प्रहरीका अनुसार दुर्घटनामा सरकारी गाडीका चालक बद्री भुजेल, उपप्रमुख विद्या भुजेल र भीमराज भुजेल घाइते भएका छन् । यस्तै, एम्बुलेन्स चालक दीपेन्द्रकुमार महतो, वसन्तकुमार सिंह, रेणुकुमारी महतो, राजुदेवी र लक्ष्मी महतो घाइते भएका छन् ।…
काठमाडौँ । संकटमा परेको शिव शिखर सहकारीका थप ९६ जना बचतकर्ताले आफ्नो रकम फिन्तर पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म यस सहकारीका जम्मा १ हजार २ सय १३ जना सदस्यले रकम फिर्ता पाइसकेका छन् । समितिले पहिलो चरणमा कम बचत रकम भएका साना बचतकर्तालाई प्राथमिकता दिएर रकम उपलब्ध गराएको हो । आगामी दिनमा बचत रकमको वर्गीकरण गरेर क्रमशः अन्य सदस्यहरूको पनि पैसा फिर्ता गरिने समितिले जनाएको छ । सरकारका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूबाट असुल गरिएको रकम र सम्पत्ति व्यवस्थापनबाट संकलन भएको स्रोत नै पीडितहरूलाई बाँडिएको हो । यो प्रक्रिया प्रचलित कानुनी व्यवस्था अनुसार निरन्तर अघि बढ्ने जानकारी…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
