- तिहार र छठमा भरपर्दो विद्युत आपूर्ति गर्न प्राधिकरणको विशेष तयारी
- इजरायलमा सरकार गठनको अन्योल: राष्ट्रपति हर्जोगले आज नयाँ प्रधानमन्त्रीको दाबीबारे निर्णय गर्ने
- कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज टर्की प्रस्थान गर्दै
- सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज
- देशैभर धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
- आजको राशिफल: २०८३ कार्तिक २१ गते शनिबार
- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
Author: khaptadm-admin
काठमाडौँ । मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक दलीय विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच गहन संवाद भएको छ । प्रधानमन्त्री शाह आइतबार सभापति लामिछानेलाई भेट्न उनको बुढानिलकण्ठस्थित निवासमै पुग्नुभएको थियो । दुई नेताबीच करिब चार घण्टासम्म चलेको उक्त भेटमा पार्टीको विधान संशोधन, पदाधिकारी चयन, केन्द्रीय सदस्य मनोनयन र समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत समीक्षा भएको बताइएको छ । गणेश नेपालीको आत्मदाह र सुकुम्बासी समस्यालाई लिएर सडकदेखि सदनसम्म सरकारको आलोचना भइरहेका बेला भएको यस भेटलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । यद्यपि, यो छलफलका विषयमा प्रधानमन्त्री र रास्वपा सभापति दुवैले अहिलेसम्म कुनै…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा ठूलो पानी पर्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले देशभर मनसुनी वायुको प्रभाव बलियो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । यस्तै मधेस, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पनि केही स्थानमा वर्षाको आकलन गरिएको छ । कोशी, बागमती र गण्डकीका…
काठमाडौँ । नेपाली वाङ्मयका शिखर पुरुष आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्तीका अवसरमा आज स्वदेश तथा विदेशमा विविध साहित्यिक कार्यक्रमहरू भइरहेका छन् । संस्कृत भाषामा सीमित रामायणलाई सर्वसाधारणले बुझ्ने गरी सरल नेपाली भाषामा भावानुवाद गरेर उनले नेपाली साहित्य र समाजलाई समृद्ध बनाएका हुन् । लयबद्ध रूपमा वाचन गरिने उनको रामायण आज पनि नेपाली जनमानसमा निकै लोकप्रिय छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एक ठाउँमा ल्याएको नेपाललाई भानुभक्तले भाषा र संस्कृतिमार्फत भावनात्मक रूपमा जोड्ने काम गरेको इतिहासविदहरू बताउँछन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका उनलाई एक सर्वसाधारण घाँसीले दिएको प्रेरणादायी अर्तीले नै रामायण रचना गर्ने ऊर्जा मिलेको जनविश्वास छ…
आजको राशिफल बिस २०८३ असार २९ गते सोमबार ईस २०२६ जुलाई १३ नेपाल सम्बत ११४६ तछलागा चतुर्दशी. रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण चतुर्दशी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, ध्रुब योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १७ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ । आज आदिकवि भानुभक्तको जन्मजयन्ती परेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन आत्मविश्वास र दृढ इच्छाशक्तिका साथ अघि बढ्ने अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका काममा सकारात्मक प्रगति हुने संकेत देखिएको छ। कार्यक्षेत्रमा तपाईंको मेहनत, नेतृत्व क्षमता र निर्णय…
काठमाडौँ । मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि सरकार र पीडित पक्षबीच आन्दोलन टुङ्ग्याउन ९ बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत र मृतककी पत्नीबीच गृह मन्त्रालयमा भएको वार्तामा उक्त सम्झौता भएको हो । वार्तामा सहमति भएका ९ बुँदाहरू यस प्रकार छन्: १. घटनाको निष्पक्ष छानविनका लागि सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा तत्कालै स्वतन्त्र समिति बनाउने र सो समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने । २. कानुनी प्रावधान, पुराना नजिर र छानविन समितिको सिफारिसका आधारमा मृतक नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने । ३. घटनाको समयमा अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरूलाई छानविनको अन्तिम…
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री एवं निर्देशिका दीपाश्री निरौलाको मस्तिष्कको ट्युमर (ब्रेन ट्युमर) को सफलतापूर्वक शल्यक्रिया गरिएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि केही दिनअघि काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएकी उनको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो । अहिले उनी सोही अस्पतालमा उपचाररत छिन् । सुटिङका क्रममा रहेका बेला दीपाश्रीको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । चिकित्सकहरूले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको शल्यक्रिया वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तको नेतृत्वमा भएको हो । दीपाश्रीको सफल शल्यक्रियापछि उनका सहकार्यकर्ता एवं अभिनेता दीपकराज गिरीले सामाजिक…
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी र डुबानबाट प्रभावित भएका एक बालकलाई निजी तवरबाट ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । शनिबार बिहान आएको बाढीका कारण उक्त सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवार डुबानमा परेपछि साम्पाङले सामाजिक सञ्जालमार्फत यो घोषणा गरेका हुन् । वर्तमान नेतृत्व र सरकारको नीतिका कारण सुकुम्बासीहरू घरबारविहीन हुनुपरेको आरोप लगाउँदै उनले नागरिकलाई सही नेतृत्व पहिचान गर्न आग्रह गरे । सामाजिक सञ्जालमा उनले बालकको पीडाप्रति सहानुभूति प्रकट गर्दै सरकारले पुर्याएको चोटमा आफ्नो सहयोग सानो मलमपट्टी मात्र भएको उल्लेख गरेका छन् । बालबालिकाको सुरक्षित भविष्यले नै देशको भविष्य निर्धारण…
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन सुनको भाउमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । यससँगै आज बजारमा सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम थियो । अर्कातर्फ, आज चाँदीको मूल्यमा भने ओरालो लागेको छ । महासङ्घका अनुसार चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रुपैयाँमा झरेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार…
काठमाडौँ । विश्वकै प्रमुख समुद्री व्यापारिक मार्गमध्येको एक होर्मुज जलडमरूमध्यलाई इरानले अनिश्चितकालका लागि बन्द गरिदिएको छ । यस क्षेत्रमा अमेरिकी हस्तक्षेप जारी रहेसम्म यो मार्ग खुला नहुने अडान इरानको सरकारी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । इरानको इस्लामिक रिभुलुस्नरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो यो कदमविरुद्ध अमेरिकाले कुनै पनि सैन्य बल प्रयोग गरेमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । उसले खाडी क्षेत्रमा रहेका अमेरिकासँग सम्बन्धित सैन्य अखडाहरूलाई समेत निसाना बनाउने बताएको छ । सुरक्षा बलका अनुसार इरानले निर्धारण गरेको मार्ग उल्लंघन गर्ने र आफ्नो पहिचान प्रणाली (सिस्टम) बन्द गरेर अघि बढ्ने एउटा व्यापारिक जहाजमाथि चेतावनीस्वरूप गोलीसमेत चलाइएको छ । चालू…
काठमाडौँ । फिफा विश्वकप फुटबलको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले हराउँदै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । कान्सास सिटीस्थित एरोहेड रङ्गशालामा आइतबार बिहान भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयको धेरैजसो समय १-१ को बराबरीमा सकिए पनि अन्तिम समयमा दुई गोल थप्दै अर्जेन्टिनाले जित हात पारेको हो । अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्डले पनि अतिरिक्त समयमै नर्वेलाई पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । खेलको सुरुवाती १०औँ मिनेटमै लियोनेल मेसीको कर्नर प्रहारमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गरेपछि अर्जेन्टिनाले १-० को अग्रता लिएको थियो । यो…
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
