- अमेरिकी मध्यावधि निर्वाचन नतिजापछि एआई क्षेत्रमा आशङ्का: न्यास्ड्याक ५.५ प्रतिशतले घट्यो, २५ खर्ब डलर स्वाहा
- हुम्लाको थेहे केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
- विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलरको बिक्री दर १५१ रुपैयाँ नाघ्यो
- एनपीएलमा आज दुई खेल: कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्दै
- धनतेरस पर्व आज मनाइँदै, बजारमा भाँडाकुँडा र धातुका सामान खरिद गर्नेको चहलपहल
- आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना
- आजको राशिफल: २०८३ कार्तिक २० गते शुक्रबार (नेपाल सम्बत ११४६)
- धितोपत्र बोर्डद्वारा इन्ट्राडे ट्रेडिङ नियमावलीको मस्यौदा सार्वजनिक, मंसिर ४ भित्र सुझाव माग
Author: khaptadm-admin
आजको राशिफल बिस २०८३ कार्तिक १७ गते मंगलबार ईस २०२६ नोभेम्बर ३ नेपाल सम्बत ११४६ कौलागा नवमी-२४, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष नवमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शुक्ल योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मविश्वास र काम गर्ने उत्साह बढ्नेछ। लामो समयदेखि प्रयास गरिरहेको विषयमा सकारात्मक संकेत देखिन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। प्रतिस्पर्धामा आफ्नो क्षमता…
काठमाडौँ । चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा भाग लिन जान लागेको नेपाली महिला क्रिकेट टोलीलाई एक कार्यक्रमबीच औपचारिक रूपमा बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राजधानीमा आज आयोजना गरेको बिदाइ समारोहमा आगामी आइसिसी यु–१९ महिला विश्वकपको तयारीका रूपमा यो प्रतियोगितालाई लिइएको जानकारी दिइयो । क्यानका उपाध्यक्ष रोशन सिंहले टोलीले पाएको अभ्यासको अवसरले चीनमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई परिपक्व र संयमित खेल देखाउन सुझाव दिनुभयो । त्यस्तै, टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले यस भ्रमणलाई खेलाडीहरूको कमजोरी सुधार गर्ने र अन्तर्राष्ट्रिय अनुभव सङ्गाल्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो । कप्तान…
काठमाडौँ । नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्धका साथै आगामी विश्व जलवायु सम्मेलन (कोप–३१) का विषयमा छलफल गर्न बेलायती राजदूत रोब फेनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित भेटघाटमा दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको छ । भेटका क्रममा जलवायु वित्त (क्लाइमेट फाइनान्स), उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहयोग र परस्पर समन्वयबारे गहन विचार-विमर्श भएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ । राष्ट्रिय मुद्दा र समसामयिक विषयमा छलफल गर्न विपक्षी दलहरूले तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले मुलुकमा देखिएका पछिल्ला समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने निष्कर्ष निकालेको हो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा बिचौलिया प्रकरण, अदालत र प्रहरी संगठनमाथि उठेका प्रश्न तथा पत्रकारहरूमाथि भएका धरपकडका घटनाबारे गम्भीर समीक्षा भएको थियो । सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेकाले जननिर्वाचित संस्था संसद्को बैठक तत्काल बोलाउनुपर्ने ठहर विपक्षी दलहरूको छ । यसैगरी बैठकपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न पहिलो रोमाञ्चक खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । कर्णालीले प्रस्तुत गरेको १८१ रनको लक्ष्य काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । काठमाडौँको जितमा रशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै ५० रनको योगदान दिए भने कप्तान करण केसीले नटआउट रहँदै ४४ रन जोडे । त्यसैगरी जहानदाद खानले २२, आदील आलमले २० र डेभिड वार्नरले १६ रन बनाए । कर्णालीका तर्फबाट बलिङतर्फ सोमपाल कामी र हुसैन तलतले समान २-२ विकेट लिए भने मार्क वाट र नन्दन यादवले १-१ विकेट हात पारे । यसअघि त्रिवि…
झापा । झापा जिल्लामा अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको पटका प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट गैरकानूनी ढङ्गले नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा संयुक्त गस्ती टोलीले दुई बोरा पटका बरामद गरेको हो । झापा गाउँपालिका–२ स्थित कुवाडी क्षेत्रमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियमित गस्तीका क्रममा उक्त सामान फेला पारेको हो । इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपालको बीओपी टाघनडुब्बाबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीलाई देखेपछि पटका बोकेर आएका व्यक्तिहरू सामान छाडी फरार भएका थिए । प्रहरीले घटनास्थलबाट बरामद गरिएका बोराहरू खोलेर खानतलासी गर्दा विभिन्न किसिमका विष्फोटक तथा पड्काउने सामग्रीहरू फेला पारेको जनाएको छ ।…
काठमाडौँ । नेपालमा विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था तथा सूक्ष्म पोषक तत्त्वको स्थिति थाहा पाउन ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सुरु हुने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले करिब एक दशकपछि यो राष्ट्रियस्तरको अध्ययन सञ्चालन गर्न लागेको हो । सन् २०२६ को अप्रिलदेखि २०२७ को मार्चसम्म चल्ने यस अध्ययनका लागि देशका सातै प्रदेश तथा हिमाली, पहाडी र तराई क्षेत्रका २८० वटा समूहबाट ८ हजार ४०० घरपरिवारका १२ हजारभन्दा बढी नागरिकलाई समेटिनेछ । सर्वेक्षणमा मुख्यगरी ६ देखि ५९ महिनाका बालबालिका, १० देखि १९ वर्षका किशोरकिशोरी, १५ देखि ४९ वर्षका महिला तथा गर्भवतीहरूलाई समावेश…
आजको राशिफल बिस २०८३ कार्तिक १६ गते सोमबार ईस २०२६ नोभेम्बर २ नेपाल सम्बत ११४६ कौलाग अष्टमी-२३, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष अष्टमी, चन्द्रमा कर्कट राशिमा, अस्लेषा नक्षत्र, शुभ योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २१ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको योजना बनाउन मन जानेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ। सहकर्मी वा साझेदारसँग विचार नमिल्दा विवाद बढ्न नदिनुहोला। व्यापारमा नयाँ ग्राहकसँग सम्पर्क…
इलाम । जिल्लामा व्यावसायिक रूपमा गरिएको अकबरे खुर्सानी खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् । उत्पादन दिने मुख्य सिजनमै बोट एकाएक पहेँलिने, सुक्ने र मर्ने समस्या देखिएसँगै यहाँका किसानहरूको वर्षभरिको मिहिनेत र लगानी जोखिममा परेको हो । माङसेबुङ गाउँपालिकाका किसान प्रदीप राईले यस वर्ष दुई रोपनी क्षेत्रफलमा १ हजार ८०० बोट अकबरे खुर्सानी रोपेका थिए । अघिल्लो वर्ष राम्रो आम्दानी लिएका उनले यस पटक खेती बिस्तार गरे पनि फल लाग्ने बेलामै बोट डढ्ने र कुहिने समस्या देखिएको बताए । उनले भने, “बोट राम्ररी हुर्किएर फल लाग्न थालेपछि फल कालो हुने र कुहिने समस्याले गर्दा सबै लगानी डुब्ने अवस्था…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदबहाली गरेलगत्तै आज विशेष सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सम्बोधन गर्न लाग्नुभएको हो । सम्बोधनअघि सभापति थापाले प्रमुख पदाधिकारीहरूसँग आन्तरिक छलफल गर्ने कार्यक्रम रहेको छ । उक्त विशेष सम्बोधनका क्रममा उहाँले पार्टीको १५औँ महाधिवेशनपछिको पछिल्लो सांगठनिक अवस्था, नवनिर्वाचित केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा प्राथमिकताहरूका साथै देशको विद्यमान राजनीतिक र आर्थिक परिवेशमा नेपाली कांग्रेसको भूमिका र आधिकारिक दृष्टिकोण प्रस्ट पार्नुहुनेछ ।
खप्तड मिडिया नेपाल प्रा. लि.
खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल
सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९
संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ
सम्पर्क
इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com
महत्त्वपूर्ण टेलिफोन नम्बर
- Police: 100
- Traffic Police: 103
- Ambulance: 102
- Fire Station: 101
- Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
- Nepal Tourism Board: +977 1 4256909
- Department of Tourism: +977 1 4247037
© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।
