Author: khaptadm-admin

आजको राशिफल बिस २०८३ असोज ३ गते शनिबार ईस २०२६ सेप्टेम्बर १९ नेपाल सम्बत ११४६ ञलाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र कृष्ण पक्ष अष्टमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, आयुष्मान योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५१ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०६ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेहनत र निरन्तरताबाट राम्रो परिणाम निकाल्न सकिनेछ। कार्यक्षेत्रमा केही चुनौती आए पनि जिम्मेवारीबाट पछि नहट्नुहोस्। पुरानो काम पूरा गर्ने अवसर मिल्नेछ। व्यापारमा पहिलेका ग्राहक…

Read More

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टोलीहरूले विदेशी खेलाडी भित्र्याउने क्रम तीव्र पारेका छन् । यसैबीच विराटनगर किंग्सले श्रीलंकाको टी-२० राष्ट्रिय टोलीका कप्तान चरिथ असलंकालाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ । विराटनगरले सामाजिक सञ्जालमार्फत असलंकालाई अनुबन्ध गरिएको आधिकारिक जानकारी गराएको हो । २९ वर्ष पुगेका आक्रामक ब्याटर असलंकासँग अन्तर्राष्ट्रिय क्रिकेटको राम्रो अनुभव छ । उनले श्रीलंकाका लागि ७७ वटा टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै १४६६ रन जोडिसकेका छन् । सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिन लागेको विराटनगर किंग्समा स्वदेशी युवा तथा अनुभवी खेलाडीहरूको बलियो उपस्थिति छ । टोलीमा लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी, सुबास…

Read More

काठमाडौँ । पारिवारिक सम्बन्ध तथा आमाको महिमालाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको चलचित्र ‘झिँगेदाउ- २’ आजबाट देशभरका सिनेमाघरमा औपचारिक रूपमा प्रदर्शन सुरु भएको छ । विक्रम संवत् २०७९ मा बक्स अफिसमा सफल ठहरिएको चलचित्र ‘झिँगेदाउ’को यो दोस्रो भाग (सिक्वेल) हो । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यस चलचित्रले दर्शकलाई पुनः एउटा भावनात्मक र पारिवारिक कथामा बाँध्ने प्रयास गरेको छ । कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी र अभयराज बराल जस्ता दिग्गज तथा…

Read More

काठमाडौँ । संघीय संसदअन्तर्गत आज एकैसाथ चारवटा संसदीय समितिका बैठकहरू आयोजना गरिँदैछन् । जसअनुसार प्रतिनिधि सभातर्फका तीन र एक संयुक्त समितिको बैठक बस्न लागेको हो । संसद सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवामा आएको बाढीका कारण अर्थतन्त्रमा परेको असर तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि विस्तृत छलफल गरिनेछ । यस्तै, बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आन्तरिक बैठक बोलाइएको छ । उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ । यसैगरी, बिहान १० बजेका लागि तय भएको उद्योग तथा वाणिज्य…

Read More

काठमाडौँ । पूर्वी एसियाली मुलुक जापानमा शतवार्षिकी पार गर्ने नागरिकको संख्या इतिहासमै पहिलोपटक एक लाखको विन्दु नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभर १०० वर्ष वा सोभन्दा माथिल्लो उमेर समूहका नागरिकको संख्या १ लाख ७ हजार ६७७ पुगेको छ। यस सूचीमा महिलाको वर्चस्व निकै उच्च छ; कूल ज्येष्ठ नागरिकमध्ये करिब ८८ प्रतिशत अर्थात् ९४ हजार ३०० महिला छन् भने पुरुषको संख्या १३ हजार ४०० को हाराहारीमा मात्रै छ । अघिल्लो वर्षको तुलनामा यो उमेर समूहका व्यक्तिहरू करिब ८ हजारले थपिएका हुन्। जापानीहरूको सन्तुलित खानपान, नियमित शारीरिक सक्रियता र आधुनिक स्वास्थ्य प्रणालीका कारण औसत आयु निरन्तर…

Read More

काठमाडौँ । हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यस प्रणालीको प्रभावले गर्दा देशभर सामान्यतया बदली भएको छ । अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै कोशी प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोशी, बागमती र गण्डकीका पहाडी…

Read More

आजको राशिफल बिस २०८३ असोज २ गते शुक्रबार ईस २०२६ सेप्टेम्बर १८ नेपाल सम्बत ११४६ ञलाथ्व सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र कृष्ण पक्ष सप्तमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, प्रिती योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०७ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काममा उत्साह र आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ। व्यापारमा नयाँ ग्राहक वा पुरानो कारोबारबाट लाभ हुने सम्भावना छ। आर्थिक रूपमा…

Read More

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षीय अर्थमन्त्री निर्मला सीतारमणबीच द्विपक्षीय उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ । बिहीबार साँझ भएको उक्त शिष्टाचार भेटमा नेपाल र भारतबीचको आर्थिक सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा गहन छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । वार्ताका क्रममा हालैको बाढीपहिरोपछिको पुनर्निर्माण, व्यापार तथा लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रको सहकार्य र दुई देशबीचको सम्पर्क सञ्जाल (कनेक्टिभिटी) सुदृढ बनाउने विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो । सो अवसरमा दुवै मन्त्रीहरूले नेपाल र भारतबीच दशकौँदेखि कायम रहेको आर्थिक साझेदारीलाई अझ मजबुत र फराकिलो बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । तीन…

Read More

काठमाडौँ । सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै वैदेशिक बजारसम्म प्रतिस्पर्धा गर्न सकिने सम्भावनाबारे छलफल सुरु भएको छ । बिहीबार आयोजित विज्ञहरूसँगको अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रको व्यावसायिक क्षमता बढाउनुपर्ने धारणा राखे । राहदानी, राष्ट्रिय परिचयपत्र तथा राजस्वसम्बन्धी संवेदनशील कागजातहरू देशभित्रै उच्च गुणस्तरमा छपाई गर्न केन्द्रलाई आधुनिक प्रविधि र दक्ष जनशक्तिले सुसज्जित बनाउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा उपस्थित विज्ञहरूले नक्कली कागजातका कारण राज्य र सर्वसाधारणले भोग्नुपरेको जोखिम कम गर्न बहुस्तरीय सुरक्षा प्रणाली र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको औंल्याए । साथै, सुरक्षण मुद्रणमा प्रयोग हुने अत्याधुनिक कागज, कार्ड र…

Read More

काठमाडौँ । भूमि प्रशासन कार्यालयमा छुट जग्गा दर्ताका लागि सिफारिस मिसिल पठाउने प्रक्रिया मिलाइदिने बहानामा ९ लाख रुपैयाँ गैरकानुनी रकम असुल गरेको अभियोगमा एक नापी अधिकृत नियन्त्रणमा परेका छन् । नापी कार्यालय डिल्लीबजार अन्तर्गतको ३ नम्बर नापी टोली (माछापोखरी) का प्रमुख डिल्लीबहादुर वलीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–५ स्थित वसुन्धारा चोकको एक रेस्टुरेन्टबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार भदौ ३१ गते नियन्त्रणमा लिइएका वलीमाथि विशेष अदालतबाट म्याद थप गरी आवश्यक छानबिन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

Read More