कोभिड-१९ को महामारीका कारण झण्डै दुई वर्ष देखि नराम्रो प्रभावित नेपालको पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ।
मार्च २०२० देखि नेपालको अधिकांश भौगोलिक क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको लगभग शून्य आवतजावत रहेको उल्लेख गर्न सकिन्छ तर पछिल्लो समय पर्यटन क्षेत्रमा क्रमशः पर्यटकको आगमन बढ्दै गएको छ ।
हिमाल छेउछाउको जिल्लामा पर्यटकका लागि यो सिजन उपयुक्त समय भएकाले मनाङ घुम्न आउने पर्यटकको संख्या पनि बढेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख संरक्षण अधिकृत लेखनाथ गौतमले सन् २०२२ को असार मसान्तदेखि भदौ तेस्रो सातासम्मको अवधिमा ३,८१८ पर्यटक मनाङ प्रवेश गरेको जानकारी दिए ।
समीक्षा अवधिमा सार्क राष्ट्रका १,३३० पुरुष र ६१४ महिलाले मनाङको भ्रमण गरेका छन् । जिल्लामा अन्य देशका १,८७४ पर्यटक आएको गौतमले बताए ।
तथ्याङ्कअनुसार मनाङ आउने विदेशी पर्यटकको सूचीमा इजरायल पहिलो स्थानमा ४२८, जर्मनी १४९, स्पेन १३४, युनाइटेड किंगडम १३०, फ्रान्स १x२२, संयुक्त राज्य अमेरिका १०८ र अन्य मुलुक बाट ८७३ रहेका छन् । -RSS