राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा पुजारी देवराज अर्याल र खेमचन्द्र ढकालबाट बडादशैंको टीका ग्रहण गरेकी हुन् । यसपछि उनले आफ्ना परिवारका सदस्य र विशिष्ट व्यक्तिहरूलाई टीका र प्रसाद दिए।
राष्ट्रपति कार्यालयले तयार पारेको दशैंको कार्यतालिका अनुसार राष्ट्रपतिले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका प्रमुख, मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्ति र अन्य प्रतिष्ठित व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ।
दशैंको मुख्य दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्न सभ्य पहिरनमा उपस्थित हुन राष्ट्रपति कार्यालयले आग्रह गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । (RSS)