राष्ट्रपति विद्यादेवी भण्डारी ज्वरो आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।
‘राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो’, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो ।
“शिक्षण अस्पतालले रगत परीक्षण र अन्य स्वास्थ्य परीक्षण गरिरहेको छ। भाइरल ज्वरो आएपछि राष्ट्रपतिले डेंगु हो कि होइन भनेर परीक्षण गर्नुभयो। रिपोर्ट आएपछि रोगबारे थाहा हुन्छ”, उनले भने।
प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारी शुक्रबारदेखि रुघाखोकी र ज्वरोबाट पीडित थिए । स्वास्थ्य परीक्षणपछि आउने रिपोर्टका आधारमा अस्पतालले भर्नालाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गरिने छ ।