मनाङ असोज २५। हिमाली जिल्ला मनाङमा प्रतिकूल मौसमका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी गरी ८२ जना पर्यटकको उद्धार गरिएको छ ।
गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण प्रतिकूल मौसमका कारण पर्यटक अलपत्र परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख लेखनाथ गौतमले बताए । कुल पर्यटकमध्ये ७३ विदेशी र ९ स्वदेशी पर्यटक छन् ।
पहिरोका कारण सडक अवरुद्ध भएकाले पर्यटकको उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको थियो ।
पर्यटक अन्नपूर्ण पदमार्ग हुँदै मनाङ जिल्ला पुगेका थिए । उनीहरु गोरखा र माथिल्लो डोल्पाका हिमाली क्षेत्रमा पनि पुगेका थिए । (RSS)