प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल छोटो समयमै धनी बन्ने प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।
ललितपुरको मंगलबजारमा वाम लोकतान्त्रिक गठबन्धनका अग्रपंक्ति कार्यकर्ताको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले सरकारका सम्बन्धित मन्त्रीको जिम्मेवारीपूर्ण कामका कारण देश श्रीलंकाजस्तो अवस्था आउनबाट जोगिएको स्पष्ट पारे ।
भारतमा हुने जलविद्युत निर्यात र केही ठूला जलविद्युत आयोजनाको निर्माण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल चाँडै धनी बन्ने सम्भावना रहेको बताए ।
‘नेपाल अझै संक्रमणकालीन अवस्थामा छ । लोकतन्त्रलाई दिगो बनाउनु पर्छ । पूर्वप्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था मिच्दै दुई पटक संसद विघटन गरेका थिए । त्यसैले संसद बचाउनु जरुरी थियो, त्यसका लागि गठबन्धन बनेर आएका हौं,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री देउवाले सरकार चलाउन सहयोग गरेकोमा सत्तारुढ गठबन्धनका नेताहरुलाई धन्यवाद समेत दिए ।