काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
आजको सुनुवाइपछि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले यस्तो आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जानकारी दिए । उनलाई केन्द्रीय कारागारमा राखिनेछ ।
यसअघि गत भदौ २२ गते लामिछाने देशबाहिर रहेका बेला १७ वर्षीया युवतीले महानगरीय प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी दिएकी थिइन् ।
उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको झण्डै एक महिनापछि उनी नेपाल फर्किएका थिए ।
उनले आफू भित्र पस्ने इच्छा व्यक्त गरे पनि असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।