प्रधानमन्त्री शेरबहादुर देउवाले उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले देशको सांस्कृतिक, जातीय र भाषिक विविधताको प्रवद्र्धन गरी सामाजिक सद्भाव अभिवृद्धिमा उधौली जस्ता चाडपर्वले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । यो पर्वले मानव र प्रकृतिबीचको अन्तरनिर्भर सम्बन्धलाई पनि उजागर गरेको छ ।
यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्दै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम गर्न मद्दत पु¥याउने बताउँदै प्रधानमन्त्री देउवाले यो पर्व किराँत समुदायमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । (RSS)