काठमाडौं । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन परिणामको प्रतिवेदन बुझाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको नतिजा समेटिएको प्रतिवेदन आज राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेका छन् ।
शीतल निवासमा आयोजित कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत थपलियाले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताए ।
प्रतिनिधि सभामा कुल २७५–१८४ पुरुष र ९१ महिला सदस्य निर्वाचित भएका छन् । त्यसैगरी सात प्रदेशसभा सदस्यमा ५५०–३५० पुरुष र दुई सय महिला निर्वाचित भएका छन् ।
यसैबीच निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको नतिजा शनिबार प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेको छ ।