कुरिनटार । गोरखाको चर्चित धार्मिकस्थल मनकामना मन्दिरमा दर्शनार्थीलाई ओसारपसार गर्ने मनकामना केबलकार हिजो पुष २२ देखि सञ्चालनमा आएको छ ।
विद्युत् अभावका कारण प्यानल बोर्डमा क्षति पुगेपछि बन्द भएको केबलकार ११ दिनपछि पुनः सञ्चालनमा आएको छ ।
समस्या समाधानका लागि अष्ट्रियाबाट प्राविधिक र उपकरण ल्याइएको केबलकार सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।
आज बिहानैदेखि केबल सेवा सञ्चालनमा आएको उनले बताए ।
नयाँ उपकरण जडान गरी सेवा परिक्षण भई हाल केबलकार सञ्चालनमा आएको स्टेसन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिए ।
पुष ११ गते मनकामना केबलकारको प्यानल बोर्डमा आगो लागेपछि पूर्णरुपमा बन्द भएको थियो ।