विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो पद तथा गोपनियताको सपथ लिँदैछन् ।
मुख्यमन्त्री कार्कीले नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादी केन्द्रबाट एक–एक जना मन्त्री नियुक्त गरी आज सानो मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।
कार्कीलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका एक सांसदको समर्थन रहेको छ ।