काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई थुनामा राख्न र बलात्कार मुद्दामा कारबाही अघि बढाउन दिएको आदेशविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका हुन् ।
लामिछानेलाई असोज २० गते त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।