थलारा । थलारा गाउँपालिकाको दशौं गाउँसभा (हिउँदे अधिवेशन) गाउँपालिकाको सभाकक्षामा अधक्ष्य प्रकाश रोकायाज्युको अधक्ष्यतामा सुरु भयो।
गाउँ सभामा उपाधक्ष्य राम खाती र प्रमुख प्रकाशकीय अधिकृत सिद्धराज पण्डितको साथै वडा अधक्ष्यहरु, पालिकाका सदस्यज्यु, वडाका सदस्यज्यु, कार्यालय प्रमुख तथा पत्रकारहरुको समेत उपस्तिथि रहेको थियो।
आ. व. २०७८/ ०७९ म.ले.प. प्रतिवेदनबाट छलफल भएको सभामा वडा अधक्ष्यता अनिल बिष्ट, लोकेन्द्र बिष्ट, टिकाराज जोशी लगायत वडा अधक्ष्यज्युहरु तथा अन्य सदस्यज्युहरु बाट उठाएको प्रश्नको जवाफ कार्यकारी अधिकृत सिद्धराज पण्डितज्यु तथा गाउँपालिका अधक्ष्य प्रकाश रोकायाज्यु बाट दिनु भएको थियो।
जन स्वास्थ्यमा प्रतिकुल असर परिराखेको प्लास्टिक बोतलको मदिरा तथा स्थानीय मदिरा बन्द गर्ने, गाउँपालिकाको राजस्व बढाउने, रोडा बालुवामा कर लगाउने र अन्य जन गुनासो भएका विषयहरुमा छलफल भएको र सभाको बैठक भोलि ११ बजेबाट सुरु हुने गरि आजको लागि सभा स्थगित भएको अधक्ष्यको घोषणा संगै आजको कार्यकम समापन गरिएको थियो।