काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधवार दिउँसो संसद भवनस्थित ल्होत्से हलमा घिमिरेको उम्मेदवारी दर्ता भएको हो । एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेको समर्थनमा घिमिरे सभामुखको उम्मेदवार बनेका छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
भोलि हुने सभामुख चयनको निर्वाचनमा एमालेबाट घिमिरेले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।