काठमाडौं । सभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
सभामुखका लागि सत्तारुढ दल एमालेका देवराज घिमिरे र काँग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा छ ।
एमालेका सांसद सुवास नेम्वाङ सांसद घिमिरेका समर्थक हुन् । समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन रहेका छन् ।
कांग्रेसको प्रस्तावमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, संयुक्त समाजवादी पार्टीका नेता प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश अकबर समर्थक छन् ।