काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार लिङ्देनले भेटेर निस्केपछि ओली बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको निवास बालुवाटारमा ओली र लिङ्देनलाई प्रचण्डले पालैपालो भेटेका हुन् ।
गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला गठवन्धनका तीन प्रमुख नेताबीच भेट भएको हो ।
रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए ।
उनी बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो ओलीलाई भेटेर आफूलाई गृहमा फर्काउन सहयोग मागेका थिए भने ओलीले पनि सकारात्मक जवाफ दिएका थिए ।