सुर्खेत । रेष्टुरेन्ट, होटल र बारहरु राति ११ बजेसम्म संचालन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुमति दिएकाे छ ।
मंगलबार प्रशासनले सूचना जारी गर्दै गृह मन्त्रालयको पूर्ण व्यावसाय संचालन सम्बन्धी कार्यविधि, २०७९ अनुसार क्लब, डिस्को, दोहोरी, रेष्टुरेन्ट र बारहहरु, मदिरा बिक्री वितरण गर्ने पसलहरु, होटल, रेष्टुरेन्ट, कफीसप, खाजा तथा खाना खुवाउने पसल, पान पसललगायतका सेवाजन्य व्यवसायहरु राति ११ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको जानकारी गराएको छ ।
व्यावसाय संचालन गर्ने व्यावसायीहरुले फागुन १ गतेभित्र संचालन अनुमतिका लागि सूचीकृत गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।