काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री दाहालले पुष १० गते भएको सहमति कार्यान्वयनमा कुनै संकेत नदेखेपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।
‘आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्याग्ने पनि निर्णय गरेको छ,’ उनले भने ।